१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काँकडभिट्टामा आगलागीबाट दुई घर जले

दमकल नआएपछि बालुवा र स्याउलाले आगो निभाइयो
पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीनगर–६ काँकडभिट्टामा आइतबार बिहान आगलागीबाट दुई घर जलेका छन् । आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएका हुन् ।

काँकडभिट्टामा आगलागीबाट दुई घर जले

मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ । विद्युत् सट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल आएको थियो ।

स्थानीय जीवन थापाले नगरपालिकाको दमकल नहुँदा घर जलेर नष्ट भएको बताए । उनले आक्रोश पोख्दै भने, ‘एक महिनासम्म दमकल नबनाउँदा मेचीनगरमा आगलागीबाट क्षति बढेको बढ्यै छ ।’

आक्रोशित स्थानीयले मेचीनगरका मेयर विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : फाल्गुन १, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?