कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वर्षदेखि खोरमा थुनिएकी नन्दकुमारीको उपचार र पुन:स्थापना हुने

लक्ष्मी गौतम

पाँचथर — मानसिक समस्या देखिएर समयमै उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका–४ चिलिङदेनकी ३५ वर्षीय नन्दकुमारी नेम्वाङको उद्धारसँगै उपचार र पुन:स्थापनाको जिम्मा राष्ट्रिय महिला आयोगले लिएको हो  ।

६ वर्षदेखि खोरमा थुनिएकी नन्दकुमारीको उपचार र पुन:स्थापना हुने

नन्दकुमारीको अवस्थाका विषयमा कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा समाचार आएपछि आयोगले उनको उद्धार र उपचारमा चासो देखाएको हो ।

बिरामी परेकी नन्दकुमारीलाई धामी/झाँक्री र फेदाङमा बोलाएर झारफुक गराउँदा निको नभएपछि ६ वर्षदेखि घर अगाडि छाप्रोमा खोर बनाएर राखिएको समाचार कान्तिपुर दैनिकमा पुस २० गते प्रकाशन भएको थियो । त्यसलगत्तै राष्ट्रिय महिला आयोगले उनको उद्धारसँगै उपचारको पहल थालेको हो ।

आयोगले पुस २७ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र फाल्गुनन्द गाउँपालिकालाई पत्र लेख्दै नन्दकुमारीका उद्धार र उपचारसँगै निको भएपछि परिवारमा पुन:स्थापना सम्मको जिम्वेवारीले प्रतिबद्वता जनाउँदै समन्वय गरी काठमाडाैं पठाउने वातावरण बनाउन भनेको छ ।

स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक अधिकार भनिएपनि गरिबीकै कारण मानसिक सन्तुलन गुमेकी महिलाले खोरमा थुनिनु परेको समाचारले ध्यानाकर्षण गराएको आयोगकी सदस्य तथा एक नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले बताइन् । खतिवडाकै पहलमा नन्दकुमारीको उद्धारका लागि पहल सुरु भएको हो ।

उनलाई उपचारका लागि पठाउन परिवारका सदस्य पनि मञ्जुर भएका छन् । ‘दिदीको उद्धार र उपचारमा चासो दिने सबैलाई धन्यवाद । अब उनी निको भएर फर्किने आश पलायो,’ भाइ सन्तोष नेम्वाङले भने ।

आर्थिक अवस्था कमजोर रहनुका साथै आफन्त र परिवारका सदस्य टाढा रहँदा उनको उपचार र उद्धार हुन सकेको थिएन ।

प्रकाशित : पुस २९, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?