कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी जल्यो भृकुटीमण्डपको ह्वील चेयर गोदाम

तस्बिर : अंगद ढकाल, प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपराह्न आगलागी भयो । आगोबाट गोदाममा रहेका अरु पनि सामान नष्ट भएका छन् । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

आगलागी भइरहँदा अवलोकन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि भृकुटीमण्डप पुगेका थिए। मेयर शाहले घटनास्थल पुगेर घटनाको क्षतिबारे जानकारी लिएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। बुधबार साँझ ५ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार आगो अन्यत्र फैलिएर क्षति गर्न भने पाएको छैन । घटनाबाट कतिको क्षति भयो भनेर यकिन गर्न नसकिएको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बोहराले बताए । बोहराका अनुसार प्रहरीले घटनाको छानबिन गरी क्षति विवरण पत्ता लगाउने छ ।


प्रकाशित : असार २९, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्