फूलैफूलले ढकमक्क महानगर [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, अनिश रेग्मी

काठमाडौँ — काठमाडौंका सडक छेउछाउ यतिबेला फूलले ढकमक्क छन् । गर्मी सुरु भएसँगै विभिन्न प्रजातिका फूलले उमंग थपिदिएका छन् । यससँगै सहरवासीहरूमा पार्क तथा खुला चौरमा पुगेर सुन्दर फूलका तस्बिर लिने क्रम बढ्दो छ । काठमाडौं उपत्याकाका विभिन्न स्थानमा फूलेका सेतो, गुलाबीसहित रंगिचंगी फूलले यहाँको सौन्दर्यमा नयाँ आयम थापिदिएका छन् ।


प्रकाशित : फाल्गुन २८, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम मूल्यवृद्धि नगर्न वनस्पती घ्यू तेल उत्पादक संघको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वनस्पति घ्यू तेल उत्पादक स‌ंघले खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह गरेको छ । रुस र युक्रेनबीच जारी युद्धले चौतर्फी मूल्य बढ्न थालेपछि संघले आफ्ना सदस्य उद्योगलाई कृत्रिम अभाव नगरी आपूर्ति अवस्थालाई सुचारु राख्न र सर्वसाधरणलाई अनावश्यक मौज्दात नगर्न आग्रह गरेको हो ।

‘खाने तेल शतप्रतिशत आयातित व्यापार हो, युद्धका कारण कच्चा प्रदार्थको मूल्य अचाक्ली बढेको छ, मूल्य नियन्त्रण बाहिर गएको छ,’ संघका अध्यक्ष सन्दिप अग्रवालले भने, ‘युद्ध सल्टिए मूल्य घट्छ । सनफ्वार तेलको विकल्पमा सोयाबिन र तोरीको तेल छ । जुन वस्तुको मूल्य बढेको छ, त्यसको विकल्पमा अर्को वस्तु उपभोग गरौं ।’

क्रुड सनफ्लावर तेल ९५ देखि शतप्रतिशत र तोरीको दाना ६० देखि ८० प्रतिशत युक्रेनबाट आयात हुन्छ । अहिले पूर्णरूपमा प्रभावित बनेको छ । बजारमा सनफ्वार तेलको अभाव देखिएको छ । यद्यपी, उद्योगीहरूले सोयाबिन र तोरीको तेल अभाव हुन नदिने बताएका छन । ‘सनफ्वार नभए सोयाबिन र तोरीको तेल कमी हुँदैन,’ अग्रवालले भने, ‘विषम परिस्थितिमा अनावश्यक मौज्दात नगरौँ । मासिक एक लिटर खपत गर्नेले एक कार्टुन नराखौँ ।’

हाल संघमा २२ वटा उद्योग आवद्ध छन् । तिनले सोयाबिन र तोरीको कच्चा पदार्थ अर्जेन्टिना, अमेरिका, क्यानेडा, अष्ट्रेलिया, यूकेबाट आयात गर्छन् । तर, दुई मुलुकबीच भइरहेको युद्धले विश्वमै प्रभाव पारेको छ । जसले गर्दा क्रुड ओयलको मूल्यमा अस्वाभाविक रूपमा करिब ४० देखी ५० प्रतिशतसम्म वृद्धि भएको विज्ञप्तीमा उल्लेख छ ।

‘दक्षिण अमेरिकामा भएको भीषण सुक्खा याम, मलेसिया र इन्डोनेशियामा भएको श्रमिकको समस्या र खराब मौसमले ४० प्रतिशत बाली बिग्रेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ क्रुड खाने तेलको मूल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो । मार्च २०१९ मा औसत ७ सय डलर रहेकोमा जनवरी २०२२ मा प्रतिटन १५ सय डलर पुगिसकेको थियो । रुस र यूक्रेनको युद्धले थप प्रभावित बनायो ।’

युद्धकै कारण सप्लार्यसले फेब्रुअरी, मार्चदेखि चलानी हुने सबै सनफ्लावर र तोरीको दानाहरू सौदा/चलानहरू रद्ध गरेका छन् । अन्य तेलका लागि सिपमेन्टमा विलम्व रहेको सूचना सम्बन्धित आयातकर्तालाई दिइएको छ । यी कारण आयातमा समेत प्रत्यक्ष असर परेको विज्ञप्तीमा छ । त्यसअनुसार जनवरी २०२२ मा क्रुड सोयाबिन तेल प्रतिमेट्रिक टन १ सय ५५ डलर रहेकोमा मार्चमा १८ सय ६८ डलर पुगेको छ । क्रुड सनफ्वार तेल १४ सय ५० डलरबाट बढेर २ हजार १ सय २५ डलर पुगेको छ ।

‘डिजल/पेट्रोलको मूल्यवृद्धिले साउथ अमेरिकादेखि कलकत्ता र नेपालका उद्योग परिसरसम्म हुने ढुवानी भाडामा समेत वृद्धि भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने वस्तु तथा सामानको मूल्यसमेत बढेको छ । बैंकहररुको ब्याजदरमा भएको वृद्धिले मूल्य करिब ३ प्रतिशत बढेको छ ।’ यस्तै, विनिमय दर उच्चतम विन्दुमा पुगेकाले पनि मूल्यमा प्रत्यक्ष प्रभाव परेको जनाइएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७८ १५:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×