२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अनिश रेग्मी

अनिश रेग्मीका लेखहरु :

उपत्यकामा किरात समुदाय यसरी रमाए उधौलीमा [तस्बिरहरु]

प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ बिहीबारदेखि सुरु भएको छ । किरात समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

शताब्दी पुरुषलाई राष्ट्रिय सम्मानका साथ शोक सलामी [तस्बिरहरू]

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरमा फूलमाला चढाउँदै नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मानका साथ शोक सलामी अर्पण गरेको छ । जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्रांगणमा राखी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [फोटोफिचर]

रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ ।

फूलैफूलले ढकमक्क महानगर [तस्बिरहरु]

काठमाडौंका सडक छेउछाउ यतिबेला फूलले ढकमक्क छन् । गर्मी सुरु भएसँगै विभिन्न प्रजातिका फूलले उमंग थपिदिएका छन् । यससँगै सहरवासीहरूमा पार्क तथा खुला चौरमा पुगेर सुन्दर फूलका तस्बिर लिने क्रम बढ्दो छ । काठमाडौं उपत्याकाका विभिन्न स्थानमा फूलेका सेतो, गुलाबीसहित रंगिचंगी फूलले यहाँको सौन्दर्यमा नयाँ आयम थापिदिएका छन् ।

जब वंशीघाटको सुकुम्बासी बस्तीमा बाढी पस्यो

गएरातिदेखि परेको पानीले वाग्मतीमा बाढी आउँदा त्रिपुरेश्वरस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । घरमा पानी पस्दा सामानहरु भिजेका थिए । ओढ्ने, ओच्छ्याउने, भाँडावर्तनलगायतका सामान भिजेका थिए । मानिसहरु बिहानैदेखि घरमा पसेको पानी फाल्न व्यस्त थिए । हेर्नुहोस् तस्बिरमा डुबानमा परेको वंशीघाट सुकुम्बासी बस्ती :