एमसीसी विरोधमा भएको प्रदर्शनमा झडप [तस्बिरहरु]

काठमाडौँ — अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बाहिर प्रदर्शन भयो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलाल 'आहूति' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत ६ वटा कम्युनिस्ट दलका नेताहरूले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।










