कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

रारामा रमाउँदै राजदूतहरु [तस्बिरहरु]

शब्द/तस्बिर : विद्या राई

मुगु — नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

तीनै मुलुकका राजदूतको यो निजी भ्रमण रहेको प्रजिअ महतले बताए । रारा पुगेका राजदूतले मुर्मा गाउँमा गएर स्थानीयसँग जलवायु परिवर्तनले पारेको असरबारे सोधपुछ, गुनासा र गैरसरकारी निकायले गरेको कामकाज र प्रभावबारे जानकारी लिएका छन् ।सन् २०११ मा ६ देशका राजदूत रारा भ्रमणमा आएका थिए । त्यसपछि यो पटक अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत रारा भ्रमणमा आएको पर्यटन व्यवसायी राजु कार्कीले बताए । राजदूतहरुको यो भ्रमणले पर्यटन क्षेत्रमा टेवा पुग्ने र लगानी भित्रिने आशा पलाएको कार्कीको भनाइ छ ।


प्रकाशित : कार्तिक २९, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्