काठमाडौँ — उखुको भुक्तानी नपाएपछि काठमाडौं आएका सर्लाहीका किसानले नागरिकता र उखु बेचेबापत लिनु पर्ने रकमको बिल देखाउँदै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिनी उद्योगीहरूले उद्योगमन्त्री लेखराज भट्टसँग माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका थिए । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका थिए । तेस्रो दिनको आन्दोलनमा उत्रिएका उखु किसानले उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

