कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता र बिलसहित माइतीघरमा उखु किसानको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — उखुको भुक्तानी नपाएपछि काठमाडौं आएका सर्लाहीका किसानले नागरिकता र उखु बेचेबापत लिनु पर्ने रकमको बिल देखाउँदै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी उद्योगीहरूले उद्योगमन्त्री लेखराज भट्टसँग माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका थिए । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका थिए । तेस्रो दिनको आन्दोलनमा उत्रिएका उखु किसानले उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीले आफूहरु सक्कली किसान भएको प्रमाणका लागि बिल र नागरिकता प्रदर्शन गर्नुपरेको बताए । किसान आन्दोलनमा कांग्रेस, समाजवादी पार्टी, विवेकशील साझा र स्वतन्त्र युवाहरुले समथ साथ दिएका थिए ।


प्रकाशित : मंसिर ३०, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्