कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिनाथमा पुगे भारतीय सेना प्रमुख [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन गरेका छन् । नरवणे भारतीय वायु सेनाको विशेष विमान 'इन्डियन एयर फोर्स-३३' मार्फत बुधबार दिउँसो काठमाडौं ओर्लिएका थिए । उनको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : कार्तिक १९, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्