कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा ! मनै लोभ्याउने गोसाइँकुण्ड [तस्बिरहरु]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीर्थस्थल गोसाइँकुण्ड समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ । गोसाइँकुण्ड गाउँपालिका –५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो कुण्ड स्वदेश तथा विदेशमा समेत प्रख्यात रहेको छ । वर्ष भरि नै पर्यटकहरुको आगमन हुने यो कुण्डमा कोरोना महामारीका कारण पर्यटकहरुको आगामन ठप्प छ ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) गरि वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । ६ सय मिटर लम्बाई र ३७० मिटर चौडाइ रहेको भएको यो कुण्ड लगायत वरपरका अन्य कुण्डहरुलाई २०६४ साल असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ । गोसाइकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्ड लगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ ।

काठमाडौं–धुन्चे, सिन्धुपाल्चोकको मेलाम्ची–कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल –कुटुमसाङ र नुवाकोटको घ्याङफेदी–यार्सा हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौं–धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो ।


प्रकाशित : आश्विन १७, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्