शब्द/तस्बिर : बलराम घिमिरे

तस्बिरमा हेरौं, उत्तरी सीमाको विकास

रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले भूकम्पपछि चीनतर्फको रसुवागढी नाका र केरुङमा भौतिक पूर्वाधारको विकास गरेको छ ।

तस्बिरमा हेरौं, रेलले चर्चित केरुङ बजार

पछिल्लो समय चीनबाट केरुङ हुँदै रेल काठमाडौं पुग्ने चर्चाले केरुङको प्रचार बढेको छ । चीनले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । सन् २०२०–२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी छ । चिनियाँ रेल नेपाल जाने बिन्दू पनि यही हो । काठमाडौं जाने रेलमार्गको स्टेसन केरुङमा निर्माण हुने बताइएको छ । रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले केरुङमा व्यापार दिन प्रतिदिन बढ्दै गएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताए ।

केरूङमा दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव सुरु

जिलोङ काउन्टीको केरूङमा आइतबारदेखि दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ । महोत्सव स्थानीय सरकार जिलोङ काउन्टीले आयोजना गरेको हो ।

पासाङ ल्हामुमार्ग भासिँदा यातायत ठप्प, यात्रुहरु जाेखिम मोलेर पहिराे पार गर्न बाध्य [तस्बिरहरु]

पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त ठाउँ कालिका गाउँपालिका–१ मा पर्दछ ।

घोडा चढेर गोसाइँकुण्ड [तस्बिरहरु]

गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका सुब्बा तामाङ घोडा डोर्‍याउँदै तल झर्दै गर्दा लौरीबिनाको उकालोमा भेटिए । उनी गोसाइँकुण्ड मेलामा आएका भक्तजनलाई बुद्ध मन्दिर पुर्‍याएर फर्कंदै गर्दा भेटिएका हुन् । उकालो चढ्न नसक्ने तीर्थालु लिन पुन: चोलाङपाटी झर्दै थिए उनी । गोसाइँकुण्ड तीर्थयात्राका लागि आउने भक्तजनको सुविधाका लागि स्थानीय बासिन्दाले बर्सेनि घोडामार्फत तीर्थयात्रीलाई ओसार्दै आएका छन् ।

शब्द/तस्बिर : बलराम घिमिरेका लेखहरु :

गोसाइँकुण्डमा भक्तजन थेग्ने 'थर्पु' [तस्बिरहरु]

जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड जाने बाटो छैउमा पाल तथा प्लास्टिकले निर्माण गरिएका टहरैटहरा देखिन्छ । यसलाई थर्पु भनिन्छ । मेला भर्न आउने भक्तजनको सुविधाका लागि वर्सेनि थर्पु बनाइन्छ । गोसाइँकुण्ड पदमार्गमा जम्मा १४ वटा स्थायी होटल छन् । होटलको संख्या थोरै भएकाले भक्तजनको चापलाई थेग्न थर्पु निर्माण गरिएको हो । भक्तजनको सुविधाका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले बर्सेनी मेला अवधिभर थर्पु निर्माण गर्न अनुमति दिने गरेको छ ।

गोसाइँकुण्डमा घुइँचो

पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ बिहीबार सयौँ भक्तजनहरुले गोसाइँकुण्डमा स्नान गरेका छन् । जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पुजा आजा तथा स्नान गर्दा आनन्द हुने विश्वास रहि आएकाले यसदिन भक्तजनहरु पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमले बताए ।

ठूलो स्याफ्रूमा प्याराग्लाइडिङको परीक्षण उडान (तस्बिरहरु)

गोसाइकुण्ड गाउँपालिक–५ ठूलोस्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले बिहीबार ठूलो स्याफ्रूमा परीक्षण उडान गरेको हो । प्याराग्लाइडिङको उडान परीक्षण तीन दिनसम्म चल्ने छ । साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्य सहित जिल्लामै पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान गरिएको समितिका सचिव दावा तामाङले बताए ।

लालीगुराँस फुलेर वनै राताम्य

लाङटाङ राष्ट्रिय निकुञ्ज लगायत जिल्लाको उत्तरी क्षेत्रका अधिकांश वनजंगल लालीगुराँस फुलेर राताम्य देखिएको छ । जंगलमा फूलेका लालीगुराँसको फूलले जो कोहीको मनलाई आनन्द र मनमोहक तुल्याइ दिएको छ । वनजंगलहरु सुन्दर देखिएका छन् । फागुन महिनाको सुरुवातसँगै फूलेको राताम्य गुराँसफूलको सुन्दरताले पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

धुन्चेमा बाक्लो हिमपात [फोटोफिचर]

बिहीबार बिहानैदेखि सदरमुकाम धुन्चे लगायत जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ  । यसवर्ष सदरमुकाम धुन्चेसम्मै बाक्लो हिमपात भएको यो दोस्रो पटक हो । बाक्लो हिमपात भएपछि सदरमुकाम धुन्चेका स्थानीयहरू हिउँ खेलेर रमाउनेको भीड लागेको थियो ।