कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको पक्षमा सडक नाटक [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

ललितपुर — चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक मञ्‍चन गरेका छन् ।ललितपुरको पाटन दरबार स्क्वायरमा उनीहरुले बुधबार सडक नाटक प्रस्तुत गरेका हुन् । डा केसीले विगतका सम्झौता कार्यान्वयन लगायतका माग राख्दै ज्यान जोखिममा राखेर पटक पटक अनशन बसे पनि कुनै सुनुवाइ नभएको उजागर गर्न खोजिएको थियो ।

जुम्लामा १९ ‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) छन् । केसी अघिल्लो मंगलबार नेपालगन्ज हुँदै काठमाडौंमा आइपुगेका थिए । प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका डा. केसी सोही दिन साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वेच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका थिए ।


प्रकाशित : आश्विन १४, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्