कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनै लोभ्याउने मार्खु [तस्बिरहरु]

तस्बिर/शब्द : हरिहरसिंह राठौर

मार्खु — त्रिभुवन राजपथ हुँदै पुगिने इन्द्रसरोवर महाभारत श्रृंखलामा पर्ने नेपालको एकमात्रै पहाडी उपत्यका हो । राजधानीसंग जोडिएर सडक सञ्जालले छोएको यस गाउँपालिका अन्तर्गत पर्ने ईन्द्रसरोवरमा हिमपातको वेला सिमभन्ज्याङ, दामन, टिस्टुंग, पालुंग, चित्लांग लगायतका क्षेत्रमा घुमेर इन्द्रसरोवर हेर्न विभिन्नि जिल्लाबाट यहाँ आउनेको संख्या धेरै हुन्छ । साविकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविसलाई समेटेर इन्द्रसरोवर गाउँपालिकाको नामाकरण गरिएको हो  ।

यहाँ अवस्थित मानव निर्मित तालको सञ्चित पानीबाट कुलेखानी पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ मेगावाट विद्यूत उत्पादन भइरहेको छ भने तेस्रो आयोजना निर्माणाधीन अवस्थामा छ । कुलेखानीको जलाशय हेर्नका लागि आन्तिरक मात्रै नभएर बाहृय पर्यटकमा पनि आउने गरेका छन् । कोरोना महामारीसँगैको लकडाउनले भने अहिले यस क्षेत्रमा पर्यटक आवगमन शून्य छ । इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यो जलाशय माछाका लागि पनि प्रसिद्ध छ ।

मार्खुस्थित बोरोपिट सामुदायिक वनको क्षेत्रमा रहेको बोरोपिट पिकनिक स्पट पर्यटकको रोजाइमा पर्ने अर्को क्षेत्र हो । प्राकृतिको मनमोहक दृश्यसँगै यहाँ अवस्थित राणाकालीन दरबारहरु पर्यटकीय गन्तव्य पनि बनेका छन् । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको ऐतिहासिक दरबार मार्खु बजारको बीचमा छ । घोडामा राजा र राणाहरु चित्लाङको बाटो भएर तराई आउँदा जाँदा बस्नका लागि यो दरबारको निर्माण गरिएको थियो । अहिले यो दरबार विद्युत प्राधिकरणले आफ्ना पाहुना राख्न प्रयोग गर्दै आएको छ ।


प्रकाशित : श्रावण २४, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्