उपत्यका प्रवेश गर्नेको नागढुंगामै स्वाब संकलन [तस्बिरहरू]
काठमाडौँ — राजधानीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका प्रवेशको मूख्य नाका नागढुंगामा नै यात्रीहरुको परीक्षणका लागि स्वाब संकलन थालिएको छ । स्वास्थ्य मन्त्रालय र चन्द्रागिरी नगरपालिका मिलेर थालिएको यो अभियानमा दिनको एक हजार जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ ।
साउन १० गतेबाट स्वाब संकलन सुरु गरिएकोमा तीन दिनमा ३४ सय जनाको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।