कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी निर्माण हुँदैछ रातो मत्स्येन्द्रनाथको रथ [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — जावलाखेलमा रातो मत्स्येन्द्रनाथ जात्राका लागि रथ निर्माण सुरु भएकाे छ । अन्न र सहकालका देवता भनेर चिनिने मत्स्येन्द्रनाथ देवताको हरेक वर्ष हुने जात्रा उपत्यकाको सबैभन्दा लामो जात्रामा पर्ने गर्दछ । जात्राको अन्तिम दिन राष्ट्र प्रमुखको उपस्थितिमा जावलाखेलमा भोटो देखाएर विधिवत रुपमा समापन गरिने गरिन्छ ।


प्रकाशित : असार १९, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले काठमाडौंका १ को मृत्यु, मृतकको संख्या ३२ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित : असार १९, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×