कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असार १५, धेरै स्थानमा रोपाई (फोटोफिचर)

कान्तिपुर संवाददाता

काठमाडौँ — असार । मानो रोपेर मुरी फलाउने महिना । असार १५ त धान दिवस । पछिल्ला वर्षहरुमा यस दिनलाई धान रोप्ने र हिलो खेल्ने दिवसकै रुपमा मनाउन थालिएको छ । यसपालिको असार १५ मा पनि आज धेरै ठाउँमा धान रोपियो । नेता मन्त्रीहरु पनि हिलोमा उत्रिए । कृषि मन्त्री घनश्याम भुसालले उदयपुरमा पुगेर धान रोपे भने अन्य प्रदेशका मन्त्रीहरुले पनि हिलोमा पाइला हाले । कान्तिपुर संवाददाताहरुले देशका विभिन्न स्थानबाट पठाएका रोपाईका तस्बिरहरु :

तस्बिरहरु : अंगद ढकाल (काठमाडौं), इलिट जोशी (काठमाडौं), रमेशकुमार पौडेल (चितवन), राजबहादुर शाही (मुगु), बसन्तप्रताप सिंह (बझाङ), भीमबहादुर सिंह (जाजरकोट), डिल्लीराम खतिवडा (उदयपुर)


प्रकाशित : असार १५, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्