कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो खुल्दै गरेको ठमेल [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — लकडाउन खुकुलो बनाउने सरकारको पछिल्लो निर्णयसँगै पर्यटकीय क्षेत्र ठमेल विस्तारै खुल्दै गएको छ । गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारी निर्णयपछि ठमेल क्षेत्रका व्यापार, व्यवसाय खुल्न थालेका हुन् ।

अरुबेला आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुने ठमेलमा अहिले नै त्यस्तो अवस्था बनिसकेको छैन । व्यवसायीहरु आफ्नो दोकानमा सामान सजाइरहेका र सडकमा केही यात्री र ग्राहकहरु ओहोरदोहोर गरिरहेका छन् । सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्‍न गत चैत ११ गतेदेखि चरणबद्ध रुपमा लकडाउन गर्न थालेको हो । यसबीचमा ठमेल एरियामा अत्यावश्यक वस्तुका पसलहरु मात्रै खुलेका थिए ।


प्रकाशित : असार २, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्