कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यका भित्रिनेलाई नागढुंगामा कडाइ [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यका प्रवेशमा प्रहरीले कडाइ गरेको छ । काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा सवारी पासबिनाका यात्रुलाई रोकिएको छ । काठमाडौंमा लकडाउन खुलेको भन्दै बाहिरबाट आउनेहरुको भीड बढेसँगै नागढुंगामा कडाइ गरिएको हो । पासबिना काठमाडौं छिर्न खोज्नेलाई त्यहीँबाट फर्काइएको छ ।

नागढुंगामा हेल्थ डेस्क सञ्चालन नभएको र काठमाडौं भित्रिनलाई डाक्टरको प्रेस्क्रिप्सन देखाउने गरेको प्रहरीले बताएको छ । नाकामा हेल्थ डेस्क नहुँदा बाहिरबाट भित्रिनेहरुको स्वास्थ्य जाँच हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ललितपुर र भक्तपुर प्रशासनसँग समन्वय गरेर आइतबारदेखि उपत्यका प्रवेशका लागि वडा कार्यालय र जिल्ला प्रशासनबाट सवारी अनुमतिपत्र अनिवार्य गरेको छ । 

प्रकाशित : असार १, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्