तयार हुँदै होल्डिङ सेन्टर [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — स्वदेश फर्केनहरुका लागि सरकारले होल्डिङ सेन्टर बनाइरहेको छ । प्रदेश २ का लागि भक्तपुरको सल्लाघारीस्थित हेरिटेज गार्डेनलाई तोकिएको छ । विदेशबाट आएका प्रदेश २ वासीहरुलाई उक्त होल्डिङ सेन्टरमा राखिने छ । होल्डिङ सेन्टरमा उनीहरलाई केहीदिन राखेर सम्बन्धित प्रदेशको जिम्मा उनीहरुलाई घर पठाइनेछ ।


प्रकाशित : जेष्ठ २२, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्

अंगिराका हत्या आरोपीको म्याद १० दिन थप 

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको देवदहकी अंगिरा पासीको शंकास्पद मृत्यु प्रकरणमा आरोपितको म्याद पुनः थप भएको छ । बिहीबार १० दिन थुनामा राख्ने म्याद थप भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले बताए । 

गत जेठ १० गते रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी अंगिराको जबरजस्ती करणीपछि हत्या गरिएको भनी आमा शान्तिले किटानी जाहेरी दिएपछि वीरेन्द्र भर, उनकी आमा अकाली र ठूलीआमा शीतली पक्राउ परेका छन् । यसअघि उनीहरुको जेठ १६ गते ७ दिनको म्याद थप भएको थियो ।


प्रकाशित : जेष्ठ २२, २०७७ २०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×