१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सांसदका हातमा नयाँ नक्सा [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि यसले देशैभरी तरंग ल्यायो । तर, लगत्तै भूमि व्यवस्था मन्त्रीले नेताहरुलाई घरघरै नक्सा पुर्‍‍याउन गएको भनेर उनको आलोचना पनि भयो । मंगलबार भने संसदमा अलि बेग्लै दृश्य देखियो । मंगलबारको संसदबाट निस्किने अधिकांश सांसदहरुले हातमा नेपालको नयाँ नक्सा बेरेर समाएका थिए । सरकारले दुवै सदनका सांसदहरुलाई नयाँ नक्सा वितरण गरेको थियो ।


प्रकाशित : जेष्ठ १३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्