कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनको रात्रिकालीन काठमाडौं [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ को महामारीका कारण लकडाउन भएको आइतबार ६२ दिन पुगेको छ ।उपत्यकाका अधिकांश मुख्य सडक क्षेत्र सुनसान छन् । अरुबेला राति अबेरसम्म सवारी चाप अति नै रहने राजधानीका व्यस्त सडकहरु लकडाउन लागू भएयता लगभग शून्य अवस्थामा नै देखिन्छन् । केही अत्याअवश्यक र सवारी पास भएका साधनहरु मात्रै सडकमा आवतजावत गरेका छन् । राति ढिलोसम्म पनि व्यस्त रहने काठमाडौंका मुख्य सडकहरु यो लकडाउनमा कस्तो देखिन्छ ? कान्तिपुरपका फोटो पत्रकारहरु किरण पाण्डे, हेमन्त श्रेष्ठ र दीपक केसीले लकडाउनको बेला उपत्यकाका रात्रिकालीन तस्बिरहरु खिचेका छन् ।

पाटन दरबार स्क्‍वायर । तस्बिरः हेमन्त श्रेष्ठ ।

कलंकी अन्डरपास । तस्बिरःदीपक केसी ।

बबरमहल सडक । तस्बिरः किरण पाण्डे ।

रिङ रोडको महालक्ष्मीस्थानको खाली सडक । तस्बिरः किरण पाण्डे ।

त्रिपुरेश्वर चोक । तस्बिरः किरण पाण्डे ।

सन्धारा सडक । तस्बिरः किरण पाण्डे ।

सन्धाराको खाली सडक । तस्बिरः किरण पाण्डे ।

सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिको सडक । तस्बिरः किरण पाण्डे ।

घन्टाघर क्षेत्र । तस्बिरः दीपक केसी ।

रिङरोडको बल्खु सडक खण्ड । तस्बिरः दीपक केसी ।

स्वयम्भू । तस्बिरः हेमन्त श्रेष्ठ

न्यू रोड । तस्बिरः दीपक केसी ।


प्रकाशित : जेष्ठ ११, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्