कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकाश मुनि रात बिताउँदै मजदुरहरु [तस्बिरहरु]

शब्द/तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौँ — लकडाउनको बेला घर जान नपाएपछि मजदुरहरु आकाश मुनि रात बिताउन बाध्य छन् । रत्‍नपार्क क्षेत्रमा करिब सय भन्दा बढी मजदुर तथा सडकमा बस्‍नेहरु लकडाउन यता खुला आकाश मुनि रात बिताइरहेका छन् ।

उनीहरुलाई यतिबेला गोरखनाथ मन्दिर सिताचल पीठले दैनिक रुपमा २ पटक खानाको व्यवस्था गरिरहेको छ । यस बाहेक अन्य संघसंस्थाहरुले पनि उनीहरुलाई खाना ख्वाइरहेका छन् । लकडाउनको बेला घर जान नपाएका मजदुरहरुले सरकारलाई घर पुर्‍याइदिन आग्रह गरेका छन् । उनीहरु रातको समयमा महाबौद्ध क्षेत्र र कोही खुला मञ्‍चमा बस्ने गरेका छन् । पानी परेका बेला राति सुत्‍न पनि नपाइने उनीहरुको गुनासो छ । लकडाउनका बेला घर फर्कन नपाएपछि धेरै मजदुरहरु विचल्लीमा परेका छन् ।


प्रकाशित : वैशाख ४, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्