शब्द/तस्बिरः हेमन्त श्रेष्ठ

शब्द/तस्बिरः हेमन्त श्रेष्ठका लेखहरु :

जगडोलबाट बौद्धलाई नियाल्दा [तस्बिरहरु]

काठमाडौंको जगडोलबाट साँझको समयमा देखिएका बौद्ध स्तुपा,एयरपोर्ट साथै आसपासका क्षेत्रहरु । लकडाउनका कारण आन्तरिक र बाहृय उडान नहुँदा विमानस्थल खाली देखिएको छ । अरुबेला पिकनिक टोलीहरु हुने जगडोल क्षेत्रमा लकडान काराण खाली छ । साँझ परेपछि स्तुपामा बत्तिहरु बले पछि जगडोलबाट बौद्धको दृश्य मनमोहक देखिने गरेको छ ।

आकाश मुनि रात बिताउँदै मजदुरहरु [तस्बिरहरु]

लकडाउनको बेला घर जान नपाएपछि मजदुरहरु आकाश मुनि रात बिताउन बाध्य छन् । रत्‍नपार्क क्षेत्रमा करिब सय भन्दा बढी मजदुर तथा सडकमा बस्‍नेहरु लकडाउन यता खुला आकाश मुनि रात बिताइरहेका छन् ।

यसरी बनाइन्छ मास्क [तस्बिरहरु]

कोरोना संक्रमणको त्रास बढेसँगै अहिले बजारमा मास्कको अभाव भइरहेको छ । चीन, भारत लगायतका मुलुकबाट मास्क तथा कच्चा पदार्थ आयत हुन्छ । कोरोनाको त्राससँगै अहिले आयत ठप्प भएको छ ।

राजधानीको बेग्लै व्यथा : बल्खु पुलमुनि पानी भर्नेको भीड

बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्‍ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्‍छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक उनीहरु जारमा पानी हालेर लैजान्छन् । खानेपानी आयोजनाले ती धारा निःशुल्क रुपमा उपलब्ध गराएको हो । निःशुल्क रुपमा वितरण गरिने पानीले स्थानीयलाई ठूलो राहत पुर्‍याएको छ । धारा आसापासमा विपन्‍न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुको बाक्लो उपस्थिती छ । यो साता धाराबार आइतबार पानी आएको थियो भने अर्को साता शनिबार पानी आउने स्थानीयले बताए ।