कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सस्तो मूल्यमा टोलटोलमा खाद्यान्‍न [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — ललितपुर बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्‍न स्थानहरुमा सुपथ मूल्यमा खाद्यान्‍न सामग्रीहरु उपलब्ध गराइरहेको छ । लकडाउनको समयमा ट्रस्टले सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु ललितपुरका विभिन्‍न वडाहरुमा वितरण गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउन गरेपछि ट्रस्ट समितिले विभिन्‍न वडाहरुमा गएर सामग्रीहरु वितरण गरिरहेको छ ।

समितिले दाल,चिनी,नुन,चामल वितरण गरिरहेको ट्रस्ट समितिका सदस्य पद्‍म रत्‍न शाक्यले बताए । दैनिक ३ सय जनालाई खाद्यान्‍न उपलब्ध गराइरहेको उनले बताए । शुक्रबार ललितपुर महानगरपालिका-१६ स्थित गाःबहालमा समितिले खाद्यन्‍न बेचेको थियो । यस्तै शनिबार वडा नम्बर ६ र १२मा बेच्‍ने तयारी भइरहेकको शाक्यले बताए ।


प्रकाशित : चैत्र २१, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्