कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखुबाट यसरी बनाइन्छ गुड (तस्बिरहरु)

मोहन बुडाऐर

धनगढी — गुड गुलियो त गुनियो नै हो । तर यो चिनीभन्दा उपयोगी मानिन्छ । त्यसैले आजकल चिनी कम प्रयोग भएको चिया पिउन चाहनेरू पनि गुढ नै प्रयोग गर्न रूचाउँछन् । गुड उखुबाट बनाइन्छ । भजनी नगरपालिका–९कुँडीका सीताराम डगौराको २५ जनाको पुरै परिवार गुड मिलमा व्यस्त रहेको छ । उनले ४ बिघा जग्गामा उखु लगाएका छन् । खेतमा काम गर्न सक्ने परिवारका सदस्य बिहान सबेरैदेखि बेलुका अबेरसम्म उखुबारीदेखि गुड मिलमा हुन्छन् । गाउँका १०/१२ जनालाई समेत ज्यालादारी रोजगारी दिएका छन् ।

सीताराम भन्छन, ‘एक महिनासम्म परिकारका सदस्यलाई खाना खान पनि फुर्सद छैन ।’ परिवार केहि सदस्य दिनभर उखु काट्ने र ट्याक्टरमा ‘लोड’ गरेर गुड कोलु (मिल)सम्म ल्याउने काममा हुन्छन् । कोहि उखुको उखु पेल्ने , भट्टीमा तातिरहेको जुस चलाउने र बेकार पदार्थ बाहिर फाल्ने काममा खटिन्छन् । एक जना दिनभर भट्टीमा आगो टोस्ने काममा लगेको हुन्छ । भट्टिबाट गुड बनेर निस्केको लेदोलाई जोखेर निश्चित तौलको भेल्ली (डल्ला) बनाउने काम दुई जनाले गर्छन् । सीताराम भने उत्पादन भएको गुडको बजार खोज्ने र बजारमा पुर्‍याएर थोकमा बिक्रेतालाई बेच्ने काम गर्छन् । उनका अनुसार चार बिघामा लगाएको उखुबाट गुड बनाएर बेच्न सके ३ देखि ४ लाख आम्दानी गर्न सकिन्छ ।


प्रकाशित : चैत्र ३, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्