कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई मन परेका सात तस्बिरहरुः

वसन्तपञ्चमी एवं सरस्वती पूजाको दिन काठमाडौंको स्वयम्भुमा बच्चालाई अक्षरारम्भ गराउँदै अभिभावक । तस्बिरः केशव थापा

ललितपुरको झरुवाराशीस्थित खोला तर्ने क्रममा लडेको बालक र खोला पार गराउँदै अभिभावक । तस्बिरः प्रथम बिष्ट

बल्खुस्थित पुलमुनि पानी भर्दै स्थानीय । साताको १ दिनमात्रै पाइने आउने यहाँका ३ वटा धारबाट स्थानीयले पानी ओ‌सार्ने गरेका छन् । तस्बिरः हेमन्त श्रेष्ठ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थर्मल स्क्यानर प्लान्ट (माथि) र अध्यागमनतिरबाट आउँदै गरेका यात्रुहरु । नोबल कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा थर्मल स्क्यानर राखिएको छ । तस्बिरः किरण पाण्डे ।

सहिद स्मारक ए डिभिजन खेल अन्तर्गत मच्छिन्द्रका रजिन धिमाल थ्री स्टार विरुद्ध शट प्रहार गर्दै । तस्बिरः हेमन्त श्रेष्ठ

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभाका सभामुखको पद तथा गोपनीयताको सपथ लिए पछी सपथ पत्रमा हस्ताक्षर गर्दै अग्नी प्रसाद सापकोटा । तस्बिरः अंगद ढकाल


प्रकाशित : माघ १८, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्