कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस : यसरी गरिन्छ विमानस्थलमा ‘थर्मल स्क्यानर’ बाट जाँच [तस्बिरहरु]

मकर श्रेष्ठ

काठमाडौँ — रकारले नोवल कोरोना भाइरसबाट संक्रमित पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वास्थ्य निगरानी जारी राखेको छ । विमानस्थलको अध्यागमनमा शरीरको तापक्रम स्वचालित रूपमा जानकारी दिने ‘थर्मल स्क्यानर’ जडान गरी आगन्तुकलाई नेपाल प्रवेशको व्यवस्था मिलाइएको हो । थर्मल स्क्यानरबाट ज्वरोका शंकास्पद बिरामी छुट्याउन सहज हुन्छ।

विमानस्थलको हेल्थ डेस्कमा शंकास्पद बिरामीको पहिचान गर्न विशेषज्ञ चिकित्सकको टोली पनि राखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लालका अनुसार ज्वरो, घाँटीको दुखाइ, सास फेर्न असजिलो भएका र खसखस भएका पर्यटकलाई हेल्थ डेस्कमा सम्पर्क राख्नसमेत भनिएको छ।चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भइरसका कारण सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ४ हजार भन्दा बढी संक्रमित बनेका छन् ।


प्रकाशित : माघ १४, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्