कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

यो साता हामीलाई मन परेका ७ तस्बिरहरु ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नगरकोटबाट खिचिएको तस्बिरमा देखिएकाे भक्तपुर सुडालस्थित इँटाभट्टाका चिम्नीबाट निस्किरहेको धुवाँको मुस्लो । भक्तपुर जिल्लामा मात्रै ६० भन्दा बढी इँटाभट्टा सञ्चालनमा छन् । तस्बिर : दिपेन्द्र रोक्का

ललितपुरको च्यासलस्थित गाडी मर्मत कारखानामा पुरानो गाडीमा खाक्सी लगाउँदै एक कामदार । पुरानो गाडीमा रङ लगाउनुपूर्व सफा गरेर नयाँ ढाँचामा ल्याउने गरिन्छ । तस्बिर : कबिन अधिकारी

ललितपुरको पुलचोकस्थित ललितपुर महानगरपालिका परिसर नजिकै रहेको अस्तव्यस्त फुटपाथमा हिँडदै सर्वसाधारण । अपांगमैत्री फुटपाथ निर्माण गर्ने उदेश्यले फुटपाथका सबै ढुगांहरु उप्काइएका छन् । तर उप्काएको हप्ता दिनभन्दा बढी भइसक्दा पनि निर्माणमा कुनै पहल नहुँदा सर्वसाधारणलाई हिँड्न गाह्रो भइरहेको छ । तस्बिर : बिजु महर्जन

नेकपा सांसद अग्नी सापकोटा सभामुख पदका लागि मनोनयन दर्ता गराउँदै । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार मध्यान्ह सभामुखमा उम्मेदवारी दिएका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् । समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण रहेका छन् । तस्बिर : अंगद ढकाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको जडीबुटीका स्थानिय बालबालिका अवतरण गर्दै रहेको विमानलाई हात हल्लाउँदै । तस्बिर : दिपक केसी

पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रतका क्रममा पशुपतिमा शुक्रबार स्नान तथा पूजा गर्नेहरुको घुइँचो लागेको छ । माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ । तस्बिर : इलिट जोशी

कीर्तिपुरस्थित बाघभैरवबाट हिम शृंखला हेरेर रमाउँदै पर्यटकहरु । तस्बिर : सन्जोग मानन्धर

प्रकाशित : माघ ११, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्