मुहार फेरिएपछिको दरबार हाइस्कुल [फोटो फिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण भएको स्कुलको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको हो । ८५ करोडको लागतमा निर्माण गरिएको विद्यालय भवन पुनर्निर्माणको काम १९ महिनामा सकिएको हो । माघको तेस्रो साता निर्माण कम्पनीले अनुगमन गरेर अन्तिम साता सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ZenTravel


प्रकाशित : माघ १०, २०७६ १८:३८

Meroghar

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश राजधानी बुटवल नै हुनुपर्छ : बालकृष्ण खाण

कान्तिपुर संवाददाता

तिलोत्तमा — कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को स्थायी राजधानी बुटवल नै हुने बताएका छन् । राजधानी बुटवलबाट अन्यत्र सार्ने विषय नसोच्न मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीलाई खाणले आग्रह गरे । 

रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक व्यापार मेलाको उदघाटन गर्दै खाणले लहडका भरमा बुटवल अस्थायी राजधानी नतोकिएको बताए। बुटवलबाट सार्न खोजे असहज परिणाम आउने उनले बताए।

खाणले अन्तर्राष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था, विमानस्थल, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायातको सुगमतालगायत पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नसकिने तर्क खाणको छ।

सरकारले मिडिया काउन्सील, सूचना प्रविधि, सम्पत्तिको हक, गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयक ल्याएर निरंकुश बन्न आरोप उनले लगाए।

सरकारले संविधानको प्रतिकूलतामा काम गर्न खोजेर संविधान उल्लंघनको प्रयास गरेको भन्दै खाणले संविधान विपरीत नजान सुझाव दिए।

प्रकाशित : माघ १०, २०७६ १८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×