कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्या दामी क्यान्जिन (तस्बिरहरु)

कान्तिपुर संवाददाता

रसुवा — रसुवाको क्यान्जिन उपत्याकामा बाक्लो हिमपात भएको छ । हिमपातले गर्दा क्यान्जिन क्षेत्र अहिले हिउँको घुम्टो ओढेको झै देखिन्छ । यहाँको गाउँ नै पुरै सेताम्मे भएको छ । हिमपातपछि क्यान्जिन सुन्दर र मनोरम देखिएको छ । पदयात्राका लागि क्यान्जिन पुगेका पर्यटकहरु हिउँ खेलेर रमाइ रहेका त्यहाँका वडा अध्यक्ष सुप्पा लामाले बताए ।

हिउँ खेल्न भनेर २० र २७ जनाको पर्यटकको टोली क्यान्जिन पुगेको उनले बताए । नेपाल पर्वतारोहण प्रशिक्षक संघ र नेपाल पर्वतारोहण संघको टोली पनि तालिमको लागि क्यान्जिनमा रहेका छन् । हिमपातका कारण त्यहाँको जनजीवन भने प्रभावित भएको छ । बाक्लो हिमपातले गर्दा चौरी र घोडालाई घाँसको समस्या भएको छ ।

शब्दः बलराम घिमिरे, तस्बिरः सुप्पा लामा


प्रकाशित : माघ ६, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्