कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानी नाकामा चिनियाँ पर्यटकलाई बाजासहित स्वागत

राजेन्द्र मानन्धर

तातोपानी, सिन्धुपाल्चोक — भ्रमण वर्षको सुरुको दिन तातोपानी नाकामा चिनियाँ पर्यटकलाई नेपाली परम्पराअनुसार स्वागत गर्दै सीमा प्रवेश गराइएको छ ।नेपाली सयमअनुसार १० बजेर २५ मिनेटमा नाकानिर आइपुगेका चिनियाँलाई जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङलगायतका नेपाली प्रतिनिधिले स्वागत गरेको हो । नेपाली पञ्चेबाजा, नेवारी, शेर्पा र तामाङ संस्कारको बाजा र नाचले पर्यटकलाई मनोरञ्जन गराइएको थियो । लिपिङ, तातोपानीका जनताले स्वागत कार्यक्रम गर्दै नाका सुचारु ढंगले सञ्चालन र भ्रमण वर्षमा बढी पर्यटक आगमनको अपेक्षा गरेको होटल व्यवसायी विष्णु श्रेष्ठले बताए । भोटेकोसी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पालिका उपाध्यक्ष दाबुटी शेर्पा लामाले पर्यटकलाई स्वागत गरेकी थिइन् ।

प्रकाशित : पुस १६, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्