१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हिउँले सेताम्मे ओखलढुंगा (फोटोफिचर)

कुम्भराज राई

ओखलढुंगा — शुक्रबार रातिदेखि परेको बाक्लो हिमपातले ओखलढुंगाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको चिसोले सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्रमा दुई फिट बाक्लो हिउँ परेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । तल्लो भेगका सर्वसाधारणहरु हिउँ खेल्नका लागि पत्ताले, ठाडे, जन्तरधाप पुगेका छन् । यसभेगमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलुखुम्बु सडक एक साता सम्म अवरुद्ध हुने गरेको छ । यसवर्षको पहिलो पटक शुक्रबार रातिदेखि शनिबार बिहानसम्म हिमपात भएको हो । मौसम अझै नखुलेकोले हिमपात थप हुन सक्ने अनुमान स्थानीयको छ ।


प्रकाशित : मंसिर २८, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्