कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उधौलीको रमझममा किराँतीहरु (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका विभिन्न जिल्लाका किराँत समुदायले उधौली पर्व धुमधामका साथ मनाएका छन् । किराँत समुदायकले ललितपुरको सुनाकोठीमा भेला भएर उधौली पर्व मनाए । नयाँ अन्नबाली पाकेपछि पितृपूजा गर्दै हरेक वर्ष मंसिर पूणिर्मा तिथिबाट यो चाड मनाउन सुरु गरिन्छ । धान, कोदो, अदुवालगायतका बालीलाई घर-घरमा पितृको नाममा चढाउने र सार्वजनिक स्थलमा भेला भएर प्रकृतिलाई धन्यवाद ज्ञापन गर्दै नाच प्रदर्शन गर्दछन् ।

किराँती जातिभित्रका लिम्बु, याक्खा, कोइँच (सुनुवार) र राईले सामूहिक पूजाआजासहित नाचगान गरेका हुन् । ढोल, झ्याम्टा, च्याब्रुङलगायत बाजा बजाउँदै हातमा चमर, सेउली हल्लाउँदै महिला र पुरुषहरू पंक्तिबद्ध भएर नाच्ने गर्दछन् । उधौली चाडलाई चासोक तङनाम, चासुवा, फोलस्याँदर, साकेलालगायत नामले पनि चिनिन्छ । यो चाड पूर्वी पहाडका ओल्लो किराँत, माझ किराँत र पल्लो किरात प्रदेशमा धुमधामसाथ महिना दिनसम्म पूजाआजा गर्ने तथा नाचगान गर्ने गर्दछन् । विदेशमा रहेकाहरूले समेत सामूहिक भेला भएर नाच प्रदर्शन गर्दछन् ।


प्रकाशित : मंसिर २६, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्