कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ तस्बिरमा साग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना गरेको छ । यसपटक सागमा २७ खेल समावेश थिए। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ५१ स्वर्णको कीर्तिमान बनायाे । ६० रजत र ९५ कास्यसहित नेपालले कूद्य २०६ पदक जित्यो । साग इतिहासमै यो नेपालले हात पारेको सबभन्दा ठूलो जित हो । नेपालका लागि गौरिका सिंहले एउटै संस्करणमा सार्वाधिक ४ स्वर्ण जितिन् । कान्तिपुरका फोटो पत्रकारहरुले खिचेका २७ तस्बिरमा उद्‌घाटनदेखि समापनसम्म साग यस्तो देखियो:

सागको १३ औं संस्करण उद्धघाटन समारोहमा सांस्कृतिक प्रस्तुति दिंदै कलाकारहरु । तस्बिर :अंगद ढकाल

सागको उद्धघाटन समारोहमा कीर्तिमानी धावक बैकुन्ठ मानन्धर । तस्बिर : इलिट जोशी

१३ औं सागको उद्घाटन समारोहमा दशरथ रंगशालामा मार्च पासमा सहभागी खेलाडी तथा पदाधिकारीहरु । तस्बिरः हेमन्त श्रेष्ठ

उद्घाटनमा दशरथ रंगशालामा गरिएको आतिशबाजी । तस्बिरः दीपक केसी ।

तेक्वान्दोमा स्वर्ण जितेपछि आयसा शाक्यको खुशी । तस्बिरः इलिट जोशी ।

तेक्वान्दाका वीरबहादुर महरा (रातोमा) विपक्षी खेलाडीलाई किक प्रहार गर्दै । उनले स्वर्ण पदक जिते । तस्बिरः इलिट जोशी ।

करातेमा स्वर्ण जितेपछि आफ्ना श्रीमानसँग खुसीयाली मनाउँदै सुनिता महर्जन । तस्बिरः हेमन्त श्रेष्ठ ।

पाकिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्दै करातेका नविन रसाइली । तस्बिरः हेमन्त श्रेष्ठ ।

महिलातर्फको १० हजार मिटर दौडको फिनिसिङ लाइनमा सन्तोषी श्रेष्ठ । उनले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९४ सकेन्डमा पार गर्दै स्वर्ण जितेर एथ्लेटिक्समा सागमा पहिलो स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान बनाइन् । तस्बिरः केशव थापा ।

उसुमा प्रतिस्पर्धा गर्दै मिना ग्लान । तस्बिरः अंगद ढकाल ।

श्रीलंकाको खेलाडीसँग बन्दुक मागेर सुटिङ प्रतिस्पर्धामा सहभागी जनाउँदै नेपाली खेलाडी दुर्गा सिञ्जाल । तस्बिरः इलिट जोशी ।

पुरुषतर्फको गल्फमा स्वर्ण जित्ने १७ वर्षीय सुवास तामाङ । तस्बिरः किरण पाण्डे ।

पुरुषतर्फको ५ हजार मिटर दौडमा भारतका खेलाडीहरु नेपालका गोपी चन्द पार्कीलाई छेक्दै । पार्कीले स्वर्ण पदक जिते । तस्बिरः केशव थापा ।

५२ केजीमुनि महिला जुडोमा स्वर्ण जितेपछि देविका खड्का । उनले श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण पदक हाासिल गरिन् । तस्बिरः अंगद ढकाल

म्यारथन धावक किरण सिंह बोगटी । उनले स्वर्ण पदक जितेपछिको क्षण । तस्बिरः केशव थापा ।

६६ केजीमुनि पुरुष जुडोमा भारतसँग फाइनलमा पराजित भएपछि निराश हुँदै इन्द्रबहादुर श्रेष्ठ । तस्बिरः अंगद ढकाल

पौडीतर्फ सय मिटर फ्री–स्टाइलमा स्वर्ण पदक जितेपछि भावुक गौरिका सिंह । यो उनको चौथो स्वर्ण हो । तस्बिर : हेमन्त श्रेष्ठ ।

बक्सिङ खेलाडी मीना गुरुङ खेलको मध्यान्तरमा आराम गर्दै । उनले बक्सिङमा स्वर्ण जितिन् । तस्बिरः इलिट जोशी ।

७८ केजीमुनिको जुडो स्पर्धामा स्वर्ण जितेपछि भावुक पुनम श्रेष्ठ । उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् । तस्बिरः अंगद ढकाल ।

१३ औँ सागको पुरुषतर्फको फाइनल खेल हेर्न त्रिपुरेश्वर चोकमा भेला भएका दर्शकहरु । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै स्वर्ण जित्यो । तस्बिरः सुजन डंगोल ।

बक्सिङमा स्वर्ण जितेपछि सनिल शाही । तस्बिरः इलिट जोशी ।

६७ केजीभन्दा माथिको करातेमा स्वर्ण जितेपछि आफ्नो साथी मिरा राईसँग खुसियाली मनाउँदै अनुपमा मगर । तस्बिरः हेमन्त श्रेष्ठ ।

नेपालका भुपेन्द्र थापा भारतका कौशिक मनिषसँग प्रतिस्पर्धा गर्दै । उनले कौशिकलाई हराउँदै स्वर्ण जिते । तस्बिरः इलिट जोशी ।

सागको पुरुष फुटबल फाइनलमा भुटानलाई हराएपछि खुसी मनाउँदै नेपाली फुटबल टोली । तस्बिरः अंगद ढकाल ।

भुटानविरुद्ध गोल गरेपछि सुनिल बल । तस्बिरः हेमन्त श्रेष्ठ ।

भुटान विरुद्धको खेलमा गोल गरेपछि सेल्फी लिदै नेपाली खेलाडीहरु । तस्बिरः हेमन्त श्रेष्ठ ।

साग समापनको अवसरमा आयोजक समितिका तर्फबाट १५० वटा ड्रोनबाट आकाशमा बनाइएको धन्यवाद । तस्बिरः हेमन्त श्रेष्ठ ।


प्रकाशित : मंसिर २५, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्