कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिस्चार्ज भए प्रधानमन्त्री (तस्बिरहरु)

तस्बिर : दीपक केसी

काठमाडौँ — मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसनका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो ३ : ४५ बजे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमै आराम गर्ने भएका छन्। ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पताल स्रोतले बतायो ।

प्रकाशित : मंसिर १९, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्