हिउँले सेताम्य हुम्ला
सिमकोट — हुम्ला सदरमुकाम सिमकोटमा बिहीबार रातिदेखि हिपमात जारी छ । शुक्रबार बेलुकी ४ बजेसम्म आधा फिट हिउँ परेको छ । छिनछिनमा हिउँ पग्लिने र थपिने गरेको छ ।
यो वर्षकै पहिलो हिमपात हो । सिमकोट क्षेत्रमा बिहीबार दिनभर हावा चलेको थियो । राति ८ बजेपछि हिउँ पर्न थालेको हो । अघिल्ला वर्ष पानी परे पछि मात्रै हिउँ पर्ने गरेको थियो । हिमपातका कारण विद्यालय, यातायात बन्द छन् । गाडी, जहाज र खच्चर समेत चल्न पाएका छैनन् ।
हिउँले किसान खुसी भए पनि विद्यार्थी भने निराश बनेका छन् । मंसिर २७ देखि हुम्लामा माध्यमिक तहको वार्षिक परीक्षा हुँदैछ । परीक्षा तयारीको मुखमा हिमपातले उनीहरुको पढाइ प्रभावित बनेको छ ।
प्रकाशित : मंसिर १३, २०७६ १६:३४