उपनिर्वाचनको रौनक : यस्ता छन् मतदानस्थल [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार उपनिर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर–२ एउटै क्षेत्र हो । पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदानका लागि ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको छ । ४१० सरकारी कर्मचारी, ३२८ स्वयंसेवक र एकहजार बढी सुरक्षाकर्मी खटिइसकेका छन् । अहिले कास्कीको सुरक्षा व्यवस्था कडा पारिएको छ । हेर्नुहोस् तस्बिरहरु :

ZenTravel


प्रकाशित : मंसिर १३, २०७६ १६:३१

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुलबाट बस खस्दा ३५ घाइते

कान्तिपुर संवाददाता

बारा — पूर्वपश्चिम लोकमार्गको निजगढ-पथलैया सडक खण्डको जंगलमा पर्ने उनासी पुलबाट यात्रुवाहक बस खस्दा शुक्रबार कम्तीमा ३५ जना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुलीबाट भैरहवास्थित सेनाको तालिम केन्द्र जाँदै गरेका बसमा सवार ६ सैनिक जवान घाइते भएका छन् । उनीहरुमध्ये सैनिक जवान सानुबाबु कार्कीसहित अन्य ३ सजना सर्वसाधारणको अवस्था गम्भीर छ ।


जवानहरु कृष्ण श्रेष्ठ, प्रकाश कार्की, महादेव चौधरी, अन्जना राई र भरत विक घाइते भएका हुन्। निजगढ नगरपालिका-९ मा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्थाअनुसार चितवन मेडिकल कलेज, हेटौंडा, चन्द्रनिगाहपुर, वीरगन्जलगायतको ठाउँका अस्पतालमा उपचारको लागि पठाइएको निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए। घाइतेमध्ये ६ जना समान्य उपचारपछि घर फर्केको उनले बताए।
जनकपुरबाट बुटवल तर्फ जाँदै गरेको जलान ट्राभल्सको ना४ ख ७९९० नम्बरको बस निजगढ बजारबाट ३ किमी पश्चिममा पर्ने उनासी पुलबाट तल बगरमा खसेको थियो। तीव्र गतिमा गुडिरहेको बसको स्प्रिङपत्ता भाँच्चिएपछि बस पुलबाट मुनि खसेको प्रहरी निरीक्षक थपलियाले बताए। बस पुलकोबीच भागबाट ४० फिट तल खसेको थियो।

प्रकाशित : मंसिर १३, २०७६ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×