माइतीघर मण्डलामा द्वन्द्वपीडितको धर्ना [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — द्वन्द्वपीडितहरुले बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा उनीहरुले न्याय माग्दै धर्ना दिएका हुन् । धर्नामा राज्य र विद्रोही पक्षबाट पीडित बनेका विभिन्न जिल्लाबाट पीडित परिवार र प्रतिनिधि सामेल छन् ।

सहभागीले शान्ति सम्झौताको १३ वर्ष पुग्यो अब कति समय पर्खिने जवाफ दे सरकार, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक र सरकार हस्तक्षेप बन्द गर, यातना पीडितलाई यथाशीघ्र राहतको व्यवस्था गर लगायत नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । बिहान ९ बजे सुरु धर्ना कार्यक्रम १ घण्टा चल्ने छ ।


प्रकाशित : मंसिर ५, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्