त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरको ब्याटिङ(फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — शनिबार त्रिवि क्रिकेट मैदानमा सचिन तेन्दुलकरले बालबालिकाहरुसँग क्रिकेट खेलेका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आएका हुन् । बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट शनिबार आयोजना गरिएको हो । तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित मैत्रीपूर्ण खेल खेले । १० ओभरको उक्त खेलमा बालबालिकाहरु सहभागी थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १५:००

प्रतिक्रिया
पठाउनुहोस्

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर माडी ठोरी हुलाकी सडकको चितवन निकुञ्जभित्र पर्ने अमुवा पोष्ट नजिकको जंगलमा शनिबार जंगली हात्तीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुछोरा रहेका छन् । 

प्रतिकात्मक तस्बिर ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार माडी कटेपछि आउने बगइ जंगलको देउराली भन्ने ठाउँमा जंगली हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेल रहेका छन् ।

माडी नगरपालिका–१ बरुवा बजार बस्ने उनीहरु लु ३१ प २९११ नम्बरको मोटरसाइकल चढेर बाँदरझुला गाउँ जाँदै थिए ।

माडीका स्थानीय सूर्य पाठकका अनुसार उनीहरु तिल किन्नका लागि बिहान आठ बजे माडीबाट हिँडेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १४:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×