कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेरौं, रेलले चर्चित केरुङ बजार

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — पछिल्लो समय चीनबाट केरुङ हुँदै रेल काठमाडौं पुग्ने चर्चाले केरुङको प्रचार बढेको छ । चीनले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । सन् २०२०–२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी छ । चिनियाँ रेल नेपाल जाने बिन्दू पनि यही हो । काठमाडौं जाने रेलमार्गको स्टेसन केरुङमा निर्माण हुने बताइएको छ । रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले केरुङमा व्यापार दिन प्रतिदिन बढ्दै गएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताए ।

भूकम्पपछि चीनतर्फको केरुङ क्षेत्रमा तीव्र रूपमा भौतिक पूर्वाधारको विकास भइरहेको छ । चीन सरकारले रसुवागढी नाकालाई प्राथमिकतामा राखेर केरुङको विकास गरिरहेको छ । भूकम्प अघिसम्म सामान्य बजारमात्र रहेको केरुङमा अहिले निकै अग्ला–अग्ला आधुनिक भवन, घरहरु बनेका छन् । सरकारी कार्यलय थपिएका छन् । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । नाकासम्म पुग्नको लागि दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरिएको छ ।

व्यापार व्ययावसायको कारण चहल पहल बढ्दै गएको छ । आन्तरिक तथा बाहृय पर्यटकहरु आउन थालेका छन् । सुविधा सम्पन्न होटलहरु निर्माण भएका छन्, बनिरहेका पनि छन् । केरुङ बजारलाई व्यवस्थित बनाउन झिलिमिली बत्ति राखिएको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस, ट्राफिक लाइट राखिएको छ । केरूङ बजारको ठूलो क्षेत्रमा पूर्वाधारको विकास तीव्रगतिमा भइरहेको छ । केरुङ बजारलाई नयाँ सिटीको रुपमा विकास गर्ने काम भएको छ । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर छ ।


प्रकाशित : कार्तिक ९, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्