कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मायादेवी मन्दिरबाट देखिएको सूर्योदय

मनोज पौडेल

कपिलवस्तु — पवित्र उद्यान, लुम्बिनी । विश्व शान्तिको मुहान । शान्तिकामी नागरिकको पहिलो रोजाइमा पर्ने ठाउ । त्यही भएर स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओईरो लाग्ने स्थल । बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउँछन् भने शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन यहाँ आउने गर्दछन् ।

लुम्बिनी घुम्न आउनेहरुकालागि मायादेवी मन्दिर प्रमुख आकर्षण हो । मन्दिरबाट सूर्योदय र सूर्यास्त पनि उस्तै मनमोहक देखिन्छ । सबैलाई मोहित बनाउँछ । आर्कषण थप्छ । तर त्यस्कालागि बिहानै पुग्नु पर्छ । सूर्यास्त हेर्न साँझसम्म कुर्नु पर्छ । मनोरम दृष्य हेरेपछि पर्यटकहरु निक्कै आनन्दित हुन्छन् । रोमाञ्चित बन्छन् । त्यसै क्रममा एक बिहानमा खिचिएको यो सूर्योदयको चित्ताकर्षक तस्बिरहरु ।

प्रकाशित : कार्तिक ५, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्