कोरोना कहर कम भएसँगै मुलुकको प्रमुख पर्यटकीय स्थल नाम्चे बजारमा चलहपहल बढेको छ । कोरोनाले दुई वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिएपछि व्यवसायी खुसी छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटर उचाईमा पर्ने नाम्चे सगरमाथा जाने प्रवेशद्वारका रुपमा रहेको छ ।
उनी हक्की स्वभावका छन्; जे देख्यो त्यही बोल्छन्; स्वभावले कडा छन्; कुरा चपाएर बोल्दैनन्; कसैको अनावश्यक बढाइचढाइ पनि गर्दैनन् तर गाउँसमाजको काम र विकासमा उनी मिजासिला छन्; सधैं अग्रसर हुन्छन्; उत्तिकै सहज र सरस छन्; सबैसँग घुलमिल हुन्छन्; मास कन्ट्रोलिङको क्षमता पनि अब्बल छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित बनेका हुन् ।
कपिलवस्तु जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको वाणगंगा नगर प्रमुखमा एमालेका चक्रपाणी अर्यालले कांग्रेसका रबिराज आचार्यलाई ६ सय ३९ मतान्तरले पराजित गरेका छन् । अर्यालले १८ हजार ९९९ मत ल्याई विजयी बनेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी फैजल खाँले कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट उनले पकडीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । भैसकुण्डास्थित घरबाट उनी समर्थक नेता कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।
लुम्बिनीलाई प्रदूषणरहित बनाउन १५ महिनाअघि भित्र्याइएका सवारीसाधनलाई बल्ल नम्बर प्लेट लुम्बिनीमा सञ्चालनका लागि भित्र्याइएको १५ महिनापछि वातावरण–मैत्री विद्युतीय बस र ट्याक्सीले नम्बर प्लेट पाएका छन् । लुम्बिनीलाई प्रदूषणरहित बनाउन ०७७ मंसिर ९ मा पहिलो खेप विद्युतीय बस र ट्याक्सी ल्याइएको थियो । १४ ट्याक्सी र ५ विद्युतीय बस अहिले २ नम्बर गेट अगाडि पार्किङ स्थलमा छन् । यी सवारीसाधन कसले कसरी सञ्चालन गर्ने भन्नेमा अझै अन्योल छ ।
ऐतिहासिक महत्त्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ संरक्षणको अभावमा कमजोर र जीर्ण बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–५ मा अवस्थित महत्त्वपूर्ण पुरातात्त्विक स्थल अशोक स्तम्भको अधिकांश भाग पानीमा डुबेको छ । संरक्षणको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले स्तम्भ संरक्षणमा बेवास्ता गर्दै आएको छ । आर्थिक र प्रशासनिक जिम्मेवारी पाएको कोष कार्यालय यहाँबाट २८ किमिपूर्वमा छ । तर हेरचार र संरक्षणमा ध्यान दिइएको छैन ।