स्रोत नखुलेको ४२ लाख ९० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

वैशाख १४, २०८२

मनोज पौडेल

An Indian citizen was arrested with 42 lakh 90 thousand rupees, the source of which was not disclosed

कपिलवस्तु — वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो ३ बजेतिर शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित रमेश बरईको एक घरमा डेरा गरी बस्ने भारत बलरापुर जिल्ला तुल्सीपुर थाना सोनपुरग्राम बस्ने २२ वर्षे शिवा पटवा भन्ने आषिशकुमारबाट उक्त रकम बरामद गरिएको हो । विशेष सूचनाका आधारमा उनी बस्दै आएको कोठामा छापा मारेर रकम बरामद गरिएको हो ।

विभिन्न दरको भारतीय रुपैयाँ २६ हजार ५ सय ४४ र बाँकी रकम नेपाली रहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जनदत्त भट्टले बताए । उक्त घरबाट पैसा गन्ने मेसिन एक थान र मोबाइल एक थानसमेत बरामद गरिएको छ । बरामद रकम हुन्डीलगायत अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully