कपिलवस्तु — आँपको रुखको हागा भाँच्चिएर खस्दा चोट लागेर मृत्यु भएकी कपिलवस्तु नगरपालिका-८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको अभिभावकलाई दुई लाख राहत प्रदान गरिएको छ ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले घरमै गएर मृतक बालिकाकी आमा ज्ञाममति केवटलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् । हावाहुरी आउँदा भुइँमा खसेको आँप टिप्न गएकी सुखनाको हाँगाले लागेर मृत्यु भएको थियो ।
गत जेठ २ गते तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवास्थित बगैंचामा उक्त घटना भएको हो ।
