नयाँ रंगमा रंगिएको माइतीघर मण्डला (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका बेला उनी हिँड्ने रुटमा पर्ने विभिन्न स्थानको सरसफाइ, रंगरोगन र मर्ममतसम्भार गरेर चिटिक्क बनाउने कार्य तदारुकताका साथ भइरहेको छ । यसै क्रममा माइतीघर मण्डलाको पनि रंगरोगन गरिएको छ । त्यसैपनि सुन्दर देखिने मण्डला रंग लगाइएपछि झनै खुलेको छ ।

प्रकाशित : आश्विन २२, २०७६ १९:४०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गा मूर्ति विसर्जनको रौनक (फोटोफिचर)

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — दसैंका बेला कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा राखिएका बडेमानका दुर्गा मूर्तिहरु बुधबार विसर्जन गरिएको छ । कही घटस्थापनाका दिनदेखि कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्ति स्थापना गरेका थिए ।

कपिलवस्तु नगरपालिकाको १४ वटै वार्डमा दुर्गा मूर्ति रामघाट र जमुवार खोलमा सेलाईएको छ । त्यस्तै वाणगंगा नगरपालिकामा राखिएको दुर्गा मूर्ति लक्ष्मणघाटमा सेलाईएको छ । कृष्णनगरमा राखिएको दुर्गा मूर्ति सुरही खोलामा सेलाईएको छ । बाजागाजा र धार्मिक गीत बजाई नाच्दै जिल्लामा डेढ सय बढी दुर्गा मूर्ति सेलाईएको थियो । दुर्गा भवानीसँगै राक्षश, बाघ, गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिके लगायत भागवानका मूर्ति पनि विसर्जन गरिएको थियो ।

प्रकाशित : आश्विन २२, २०७६ १९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT