कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्छीमा माछी पार न हो...

शब्द तथा तस्बिर : अंगद ढकाल

काठमाडौँ — चारैतिर घर । बीचमा खाली जमिन । जमिनमा उम्रेका छन् हरिया झार । बिहान र बेलुकीपख डिलमा बसेर बल्छी थाप्दैछन् एक हुल युवाहरु । लगातार गएको तीन दिन परेको पानी जमेर घुँडामुनीसम्म छ । त्यही पानीमा माछा पाइने आशामा युवाहरु बल्छी थापिरहेका छन् ।

छाप्लाङछुप्लुक जता हुन्छ युवाको हुल उतै दौडिन्छ । अनि बल्छी पानीमा सोझ्याउँछन् । पुरानो बाटो हुँदै भक्तपुर जाने बाटो अन्तर्गत निकोसेरामा आजकाल यस्तै दृश्य देख्न सकिन्छ । बेतको लौरीमा डोरी, डोरीको फेदमा गड्यौला राखेर त्यही जमेको पानीमा बल्छी थाप्छन् युावहरु ।

माछा मार्न बालकदेखि वृद्धसम्म आउँछन् । 'साँझ परेपछि माछा मार्न आउने धेरै हुन्छन् । ४०/५० जना जति नै हुन्छन् होला,’ बल्छी थापिरहेका एक युवाले भने । माछा पनि मर्ने र रमाइलो पनि हुने भएकाले युवाहरुको भीड लाग्ने गरेको छ । बल्छीमा पर्ने सबै माछा हिले प्रजातिको हो ।

स्थानीयका अनुसार ५० रोपनी जती यो जग्गा वर्षौदेखि खाली छ । बर्खा मात्र हैन हिउँदमा पनि पानी जम्ने हुनाले यहाँ सधैंजसो बल्छी थाप्नेको भीड हुन्छ । स्थानीय युवादेखि भाडामा बस्ने तराईदेखि हिमालका युवा तथा बालबालिका यहाँ माछा मरिरहेका भेटिन्छन् ।

प्रकाशित : आश्विन ४, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्