कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेरौं, इन्द्रजात्राको अन्तिम दिनको चहलपहल

तस्बिर : इलिट जोशी

काठमाडौँ — उपत्यकामा मनाइने इन्द्रजात्राको मंगलबार अन्तिम दिन । इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्‍याएपछि इन्द्रजात्रा सकिने परम्परा छ । आजै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि जात्रा प्रारम्भ भएको हो । यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरिराजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु ), भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखे नाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा (किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् । यसलाई यञ्या पुन्हि पनि भनिन्छ।

प्रकाशित : भाद्र ३१, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्