कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा लाखे नाच प्रतियोगिता (तस्बिरहरु)

प्रताप रानामगर

दमौली — तीजको अवसरमा तनहुँको भिमादमा खुल्ला लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखेलाई संरक्षण गर्नका लागि भिष्म नेवार समाज भिमाद ६ मालेबगरले प्रतियोगिता आयोजना गरेको अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

‘लाखे नाचलाई संरक्षण गर्न प्रतियोगिता आयोजना गरेका हौ,’ उनले भने, ‘प्रतियोगिताको माध्यमबाट संस्कृति संरक्षण गर्ने हो ।’ प्रतियोगिता आयोजना गरेपछि लाखे नाच सम्बन्धी सीप तालिम लिएर तयारी गर्छन् । त्यसैले लाखे नाँचको संरक्षण गर्नका लागि तीजको अवसरमा खुल्ला लाखे नाच प्रतियोगिता आयोजना गरेको उनले बताए । प्रतियोगिताबाट युवा पुस्तालाई लाखे नाचप्रति आकर्षित हुनेछ । प्रतियोगितामा तनहुँ, कास्की, पाल्पा, स्यांगजा, काठमाडौ र भक्तपुर जिल्लाका गरी २५ टिमको सहभागिता छ । प्रतियोगितामा विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २५ हजार पुरस्कारको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ ।


प्रकाशित : भाद्र १६, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्