कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकबाट गाडी खस्यो ? छँदैछन् कान्छा दाइ

हरिहरसिंह राठौर

धादिङ — गत साउन २४ गते शुक्रबार सर्लाही मलंगवाबाट काठमाडौं आउँदै गरेको कृष्ण यातायातको बस पृथ्वीराजमार्ग अन्तर्गत बेनिघाटमा दुर्घटना भयो । त्रिशूलीमा उत्तानो परेको बस झिक्न सहयोग मागियो । दुर्घटनाग्रस्त बसका टायर पनि थिएनन । नदी बिचबाट झिक्न कस्सिएका ५६ वर्षीय शन्तमान जलारीले ९ दिन लगाएर सडकमा निकालेरै छोडे । नाम शान्तराम भएपनि उनलाई सबैले भन्छन्- कान्छा दाइ ।

विगत ३६ वर्षदेखि सडकबाट भीरकान्ला, खोलाखोल्सीमा खसेका सवारीसाधनहरु तान्दै आएका कान्छा दाइले हरेक वर्ष दुर्घटनाग्रस्त करिव २ सय गाडी तानेरै छोडछन् । सामान्य चेनपुल्लीबाट खसेका सवारीसाधन तान्ने पेशामा लागेका जलारीको अहिले तनहुँको व्यास-१ दमौलीमा मिलन ब्रेक डाउन सर्भिस सञ्चालनमा छ । दैनिक १ हजार ज्याला दिएर १० जना मजदूर पनि राखेका छन् उनले । उनीसँग लामा नामका युवक विगत ३५ वर्ष देखिसँगै छन् । जलारीका ३ वटा क्रेन जडित ट्रक र अन्य उपकरण छन् । उनीलाई फुर्सद हुँदैहुन्न । एउटा तान्दातान्दै अर्को तान्न अर्डर आइहाल्छ ।

लमजुङ्, गोरखा, म्याग्दी, तनहुँ, धादिङ, गोरखा, चितवन, कास्की, स्याङ्जा अनि पाल्पासम्म उनी सेवा दिन पुग्छन् । सधैंजसो पृथ्वीराजमार्गमै व्यस्त हुने जलारी एउटा गाडी तानेको डेढ लाखसम्म ज्याला लिन्छन् । तनहुँको कमलाबारीमा ग्यास बुलेट खोल्सीमा गएपछि भारतीय डिलरले ४ लाख रकम दिएको थियो । हालसम्मकै बढी ज्याला हो यो उनको। 'सवारीसाधनहरु तान्दा निकै होस र व्यालेन्स मिलाएर तान्नु पर्छ,' जलारी भन्छन् ।

प्रकाशित : भाद्र १६, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्