बर्खे सडकमा सवारी सास्ती (फोटोफिचर)

अनिश तिवारी

सिन्धुपाल्चोक ' — वर्षाका कारण जिल्लाका ग्रामिणदेखि मुख्य सडकखण्ड क्षतिग्रस्त अवस्थामा पुगेपछि स्थानीय सास्ती भोग्न बाध्य बनेका छन् । राजधानी जोड्ने मुख्य सडक भास्सिएको छ । सीमाक्षेत्र तातोपानीदेखि पश्चिम हेलम्बु, पाँचपोखरीसम्मका सडक हिलाम्मे बनेका छन् । सोमबार मेलम्ची फट्केश्वर, लप्सीफेदी हुँदै शंखरापुर नगरपालिकाको साँखु जोड्ने ३६ किलोमिटर सडकको अवस्था खराब देखिन्थ्यो ।

प्रकाशित : श्रावण २०, २०७६ १५:४२

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको चुनावक्षेत्र काठमाडौं, शंखरापुर नगरपालिका जोड्ने मुख्य सडक क्षतिग्रस्त बनेपछि डोरी लगाएर यात्रु बस तानिँदै थियो । करोडौंको बजेटको लागतमा कालोपत्रे गरिएपनि बर्खामै भलसँगै बग्ने गरेको स्थानीयले गुनासो गरे । ‘सडकमा आहिलेसम्म करोडौंको लागत भइसकेको छ, तैपनि बर्खामा भने हामीले सधैँ सास्ती भोग्नुपर्छ,’ हेलम्बु गइरहेका सवारी चालक दावादोर्जे हृयोल्मोले भने । कमसल कामले गर्दा गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुनाले सडकमा सास्ती हुने गरेको छ ।

जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने मात्रै ५५ सडकमा अधिकांस सडक बर्खालगत्तै अवरुद्ध हुने अवस्थामा पुगेका छन् । जिल्लाभरमा २५ सय किलोमिटर ग्रामिण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुईसय किलोमिटर कालोपत्रे गरिएको छ ।

‘ग्रामिण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन्, कतै भने मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । स्थानीय तहले खेलेका नयाँ सडक अर्न्तगतका सयौँ र अरनिको राजमार्ग, लामोसाघु चरिकोट सडक खण्डको केही भागमा पहिरोले हिलाम्मे बनाएको उनले सुनाए । जिल्लाका उत्तर पूर्वी भेगका सबै ग्रामिण सडकखण्ड बर्खासुरु भएसँगै बन्द हुन्छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रा समेत जोखिमपूर्ण बनेको छ ।

प्रतिक्रिया
पठाउनुहोस्

सांसद महतोको सरकारलाई प्रश्न- 'कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको हो?'

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चारमाध्यमहरुमा 'राजपा सांसद राजेन्द्र महतोको नागरिकता रद्द' भएको समाचार आएपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाएका छन् । सोमबार संसदमा विशेष समय लिएर बोल्दै सांसद महतोले यसबारे खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् ।

सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो भन्ने विषय स्पष्ट रुपमा नखुलाउँदा सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको उनले बताए।

सरकारले भ्रमको खेती गर्न थालेको नेता महतोको भनाइ छ। 'सरकारले जानकारी दिँदा प्रस्ट रुपमा ठेगानासहित उल्लेख गरेर जानकारी दिनुपर्थ्यो। भ्रम छरेर म विरुद्ध गलत प्रचारप्रसार भएको छ,' महतोले भने, 'कुन राजेन्द्र महतो हो भनेर नेपाल सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा ठेगाना उल्लेख गर्नुपर्थ्यो। भ्रमको खेती गर्न खोजेको देखियो।'

उनले सरकारले माफी माग्नुपर्ने बताउँदै भने, 'सरकार यस्ता विषयहरुमा संवेदशील हुनुपर्छ।'

प्रकाशित : श्रावण २०, २०७६ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्